१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

टिपताला नाका, भन्सार कार्यालय र सडकसहितका विषय छलफल चलाउँदै जेन-जी

फाइल तस्बिर

नेपाल–तिब्बत सीमानाका टिपताला सहज सञ्चालन, भन्सार कार्यालय स्थापना र जिल्लाका समसामयिक विषयमा ताप्लेजुङका जेन-जीको अगुवाइमा छलफल हुने भएको छ । छलफललाई शुक्रबारको समय निर्धारण गरिएको जेन-जी अगुवा सागर विकले बताए ।  

टिपताला सहज सञ्चालन लगायतका विषयमा सहयोगका लागि उनीहरुले जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति) र फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन लामा (वालुङ)सँग  समन्वय गरिररहेको बताए ।  

यसअघि जेन-जी अगुवाले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँलाई टिपताला नाका सञ्चालन, तमोर करिडोर अन्तर्गत टिपतालासम्म जोड्ने खण्डको कालोपत्रेसहितको स्तरोन्नति, ओलाङचुङगोलामा भन्सार कार्यालय स्थापना र तिब्बतमार्फत मित्रराष्ट्र चीनसँगको व्यापारिक सम्भावनाका विषयमा ध्यानाकर्षण गराउँदै अग्रसरता लिईदिन आग्रह गरेका थिए ।  

जेन-जी युवाहरुले जिल्लाका समसामयिक र सापेक्ष समस्याबारे छलफल गरी समाधानका लागि सम्बन्धित पक्षलाई कसरी ध्यानाकर्षण गर्ने भन्ने बारेमा समेत छलफल गर्ने तयारी गरेका छन् ।  

ताप्लेजुङमा गत असोज २८ गते जेन-जी युवाहरुले गोपाल गुरागाँई संयोजक रहेको समिति बनाई संस्थागत अभियान चलाईरहेका छन् ।

प्रकाशित: ९ कार्तिक २०८२ १७:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App