गौर हत्याकाण्ड छानबिनका लागि सर्वोच्चले दिएको परमादेश पूर्वाग्राही रहेको भन्दै जनता समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताले विराटनगरमा विरोध प्रदर्शन गरेका छन्।
सोमबार साँझ विराटनगरस्थित रोडशेष चोकमा भेला भएर जसपा नेपालका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन्।
जसपा नेपालका मोरङका अध्यक्ष राजकुमार यादवको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो। राजनीतिक पूर्वाग्रह राखेर गौर घटनाको छानबिन गर्न लागिएकोले विरोध प्रदर्शन गरिएको यादवले बताए।
प्रकाशित: २ भाद्र २०८२ २०:३५ सोमबार





