४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

गण्डकीका उद्योगी व्यवसायीको गुनासोः घुस नखुवाई काम हुँदैन

आफू र मन्त्रीले घुस नखाएको मुख्यमन्त्री पाण्डेको दाबी

गण्डकी प्रदेशका उद्योगी व्यवसायीले बारम्बार आरोप लगाउने गरेका छन् ः घुस नखुवाई काम हुँदैन । तर घुस दिएपछि नहुने भनिएको काम पनि हुने गर्छ । पोखरा उद्योग वाणिज्य संघले त संस्थागत रुपमै कर्मचारीलाई टेबल मुनिबाट घुस दिएको बताउँदै आएको छ । संघले प्रदेश सरकारलाई ट्याक्स तिरेर पाल्नु परेको र कर्मचारीलाई घुस खुवाउनु परेको बारम्बार दोहो¥याउँदै आएको छ । त्यहि भएर प्रदेश सरकारको औचित्य नभएको भन्दै खारेज गर्नुपर्ने आवाज संघका अध्यक्ष गोकर्ण कार्कीले उठाउँदै आएका छन् ।  

पोखरामा शुक्रबार एक कार्यक्रममा पनि संघका अध्यक्ष कार्कीले कर्मचारीलाई घुस खुवाएर पालिरहेको बताए । उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोजना गरेको ‘विद्युत उपभोक्ता सम्बन्धी अधिकार र हालको कानूनी व्यवस्था’बारेको अन्र्तक्रियात्मक छलफल कार्यक्रममा बोल्दै कार्कीले पुरानै कुरा दोहो¥याउँदै भने,‘सरकारलाई ट्याक्स तिरेर पाल्नु परेको छ, अनि कर्मचारीलाई घुस टेबल मुनिबाट दिनुपरेको छ ।’ उनले कर्मचारीलाई घुस नखुवाएसम्म काम नहुने गरेको उल्लेख गरे । साथै घुस नखुवाएसम्म उद्योगी व्यवसायीलाई कर्मचारीले दुःख दिनेगरेको उनको गम्भीर आरोप छ ।  

अध्यक्ष कार्कीले प्रदेश सरकारको कामकारवाही फितलो हुँदा यसको औचित्य माथि प्रश्न उठेको बताए । प्रदेश बनाउने विषयमा धेरै विमत्तीहरु थिए, तर आफैले नीति बनाएर कार्यान्वयन गर्छ भने ठिकै छ नि त भनेर त्यहि एउटै कारण कन्भिन्स भएको थिएँ,उनले भने,‘तर अहिले प्रदेशले आफैले केहि पनि गर्न सकेको छैन । सायद मुख्यमन्त्री पनि डराउनु भएर काम नगर्नु भएको हो कि ? ।’ उनले यस अघिको प्रदेश सरकारले यातायातको क्षेत्रमा केहि राम्रा काम गरे पनि त्यस पछि कुनै पनि सरकारले राम्रो काम गर्न नसकेको ठोकुवा गरे ।  

निजी क्षेत्रको छाता संस्थाको अध्यक्षले आफ्नै अगाडि कर्मचारीलाई घुस खुवाउनु परेको बताएपछि मुख्यमन्त्रीले त्यसबारे जवाफ दिने अपेक्षा गरिएको थियो । तर उनले त्यसलाई ट्विष्ट गर्दै बरु आफू र आफ्ना मन्त्रीले घुस नखाएर महान कार्य गरेको भन्दै टकटकिए । कर्मचारीलाई दिएको घुसबारे सरकारको जवाफ खोजिरहेका बेला उनले भने,‘अरु प्रदेशमा मुख्यमन्त्री र मन्त्रीहरुले घुस खाएको आरोप लागेको छ, तर गण्डकीमा मैले र मेरा मन्त्रीहरुले घुस खाएको भनेर पत्रकारहरुले लेख्ने अवसर पाएका छैनन् । यो पनि ठूलै उपलब्धी हो ।’ यस अर्थमा गण्डकीमा सुशासन कायम छ र भ्रष्टाचार छैन भन्ने देखिने उनको तर्क थियो ।

प्रकाशित: १४ कार्तिक २०८२ १८:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App