२३ श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह गोरुसिङ्गे जंगलबाट सम्पर्कविहीन

कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख किरण सिंह तिलौराकोट साझेदारी वन क्षेत्रको गोरुसिङ्गे जंगलबाट शुक्रबार दिउँसोदेखि  सम्पर्कविहीन बनेका छन्।

सिंह दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ। सिंहको मोटरसाइकल भने गोरुसिङ्गेको ढेकारी नजिकै फेला परेको प्रहरीले जनाएको छ।

सिंहको मोबाइलमा सम्पर्क गर्दा मोबाइलमा रिङ जाने गरेको छ। कल ट्रेसिङ गर्दा सो मोबाइलको सम्पर्क जगदीशपुरमा एनटिसीको टावरमा देखिएको प्रहरी उपरीक्षक मनोहर भट्टले बताए। सिंहको नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सर्वसाधारणले खोजी कार्य जारी राखेका छन्।

हालसम्म सिंहको अवस्था पत्ता लाग्न सकेको छैन। खोजी कार्य जारी रहेको प्रहरी परीक्षाको मनोहर भट्टले बताए।

प्रकाशित: २३ श्रावण २०८३ ०७:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App