पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका छन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयले जबरालाई आइतबार पक्राउ गरेको बताइएको छ। महाराजगञ्जस्थित निवासबाटै उनलाई पक्राउ गरिएको स्रोतले पुष्टि गरेको छ। विस्तृत विवरण आउन बाँकी छ।
उनी २०७५ पुस १७ गते प्रधानन्यायाधीश बनेका उनीविरुद्ध २०७८ फागुन १ गते महाअभियोग दर्ता भएको थियो। त्यसपछि उनी निलम्बनमा परेका थिए।
प्रकाशित: ११ आश्विन २०८३ ०६:३८ आइतबार





