रसुवाको भोटेकोशी क्षेत्रबाट आएको बाढीका कारण त्रिशूली नदीको जलसतह बढेको छ। बाढी पूर्वानुमान महाशाखाले आज बिहान ७ बजे धादिङको गल्छीस्थित बाढीमापन केन्द्रमा त्रिशूली नदीको जलसतह करिब ३ मिटर बढेको जनाएको छ।
यस्तै, गण्डकी प्रदेशका विभिन्न जलाधार क्षेत्रमा भारी वर्षा मापन भएकाले नारायणी नदी तथा यसका सहायक नदीहरूमा समेत जलसतह बढ्न सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले नारायणी नदी र यसका सहायक नदीहरूको तटीय क्षेत्रमा बसोबास गर्ने तथा नदी किनार आसपासका सर्वसाधारणलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।
प्रकाशित: १४ भाद्र २०८३ ०७:१३ आइतबार



-600x400.jpg)
-600x400.jpg)
