१७ आश्विन २०८३ शनिबार
image/svg+xml
समाज

रेलेखोलाको बाँधमा बाढी, विद्युत उत्पादन बन्द

‘इन्टेक’ (बाँध) मा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको रेलेखोला जलविद्युत आयोजना बन्द भएको छ।

ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको ६ मेगावाट क्षमताको आयोजनाको रेलेखर्कको फेदीस्थित बाँधमा बाढी पसेर क्षति पुगेपछि विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको हो। आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार यही असोज ८ देखि ११ गतेको झरी र बाढी पहिरोका कारण विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको हो।

रेलेखर्क क्षेत्रमा पहिरो गई रेलेखोलामा बाढीको सतह बढेर आउँदा बाँधमा थुप्रिएको छ। भौगोलिक रूपमा दुर्गम र विकट क्षेत्रमा रहेको बाँध स्थलसम्म पुग्ने पहुँचमार्ग पनि पहिरोका कारण अवरुद्ध भएकाले बाढी पन्छाएर आयोजना सूचारु गराउन समस्या भएको छ।

बाँधका भौतिक संरचना क्षति भएको छ। आयोजनाले विद्युत बिक्री गर्न नपाउँदा नोक्सानी भएको छ। गत वर्ष निर्माण सम्पन्न भएको आयोजनाको विद्युत २२० केभी क्षमताको दाना सवस्टेशन मार्फत केन्द्रिय प्रणालीमा आवद्ध भएको छ। कालीगण्डकीको बाढी पहिरोले प्रशारण लाइनको टावर बगाउने र तार चुढाएर क्षति पुर्‍याएको छ।

प्रकाशित: १६ आश्विन २०८३ ०६:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App