१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

मदन लोकमार्गमा गुडिरहेको कारमा आगलागी, यात्रु सकुशल

गुड्दागुड्दै आगलागी भएर जलेको कार। तस्बिरः महेश्वर

उदयपुरस्थित मदन लोकमार्गमा सोमबार विहान गुडिरहेको एउटा कार अचानक आगलागीले ध्वस्त भएको छ। लोकमार्ग अन्तर्गत गाईघाट–नेपालटार खण्डमा पर्ने उदयपुरगढी गाउँपालिका ७ अँधेरी झर्ना नजिकै उकालोमा बा ९ च ६८६७ नं. को कार आगलागी भएर नष्ट भएको हो।

विहान १०ः३० बजेको समयमा आगो लागेको कारमा सवार एकै परिवारका ४ यात्रु भने सकुशल रहेको प्रहरीले जनाएको छ। मुर्कुची संगमचोकस्थित अस्थायी प्रहरी पोष्ट र स्थानीय ट्राफिकको सहयोगमा उद्धार गरि उनीहरुलाई उपचारार्थ जिल्ला अस्पताल गाईघाट पठाएको छ।

अस्पतालले कारमा सवार ७ वर्षीय बालक आरोन सेन्चुरी विश्वकर्माको बायाँ खुट्टामा आगोले पोलेर घाइते भएको र उपचार भइरहेको जनाएको छ। एकै परिवारका प्रेम सेन्चुरी चालक, उनकी श्रीमती र २ छोरा सवार रहेको र अन्यलाई चोटपटक केही नलागेको जनाइएको छ।

इलामको चुलाचुली गाउँपालिका ५ पोखरीटोलका सो परिवार इलामबाट काठमाडौंतर्फ गइरहेका बेला घटना भएको प्रहरीले जनाएको छ। कार हाँकिरहेका बेला एक्कासी आगो लागेको प्रेमले बताएको प्रहरीको भनाइ छ। आगलागी भएको थाहा पाउनेबित्तिकै हत्तपत्त सबै ओर्लेकाले धेरै क्षति हुन नपाएको उनलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले घट्नाको पुष्टि गर्दै कारमा सवार घाइते बालकको उपचार भइरहेको र अन्य सकुशल रहेको जनाएको छ। सूचना अधिकारी डिएसपी केदारमान दोङले घट्नास्थलको सर्जमिन मुचुल्का गरि घट्नाबारे थप अनुसन्धान भइरहेको बताएका छन्। 

प्रकाशित: २७ आश्विन २०८२ १३:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App