३० श्रावण २०८३ शनिबार
image/svg+xml
समाज

पर्यटकीय स्थलमा विद्युत् सुविधा विस्तार

अन्नपूर्ण गाउँपालिका-८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको सुविधा विस्तार भएको छ।

नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गरेको ‘उज्यालो म्याग्दी’ कार्यक्रमअन्तरगत राम्चेदेखि आलडाँडासम्म प्रसारण लाइन विस्तार भएको हो।

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीका अनुसार बिजुली नपुगेका मोहरेडाँडा, फूलबारी, डाँडाखर्क र कालीबराहमा शीघ्र विद्युत् विस्तार हुनेछ। मोहरेडाँडा, फूलबारी, डाँडाखर्क, कालीबराह र अन्नपूर्ण-धौलागिरि पर्यटकीय गन्तव्य हुन्।

प्रकाशित: ३० श्रावण २०८३ ०९:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App