१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

लोपोन्मुख सुन गोहोरो वन कार्यालयलाई हस्तान्तरण

बर्दियास्थित सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण मुख्यालयको परिसरभित्र रहेको लोपोन्मुख सुन गोहोरो उद्धार गरिएको छ।

आइतबार दिउँसो करिब १२ः०० बजे गणको पेरिमिटरभित्र सुन गोहोरो देखिएपछि सशस्त्र प्रहरीको टोलीले सुरक्षित रूपमा उद्धार गरेको हो।  

उद्धार गरिएको सुन गोहोरोलाई गणपति सशस्त्र प्रहरी उपरीक्षक दिनेशकुमार महतले डिभिजन वन कार्यालय, गुलरिया बर्दियालाई बुझाएको छ । सशस्त्र वन रक्षक भूपेन्द्रबहादुर शाहीसहित खटिएको दुई सदस्यीय टोलीलाई आवश्यक प्रक्रिया पूरा गरी सशस्त्र प्रहरीले हस्तान्तरण गरेका हुन्।

लोपोन्मुख वन्यजन्तुको संरक्षणका लागि सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित रूपमा हस्तान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०८३ १६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App