२ कार्तिक २०८३ सोमबार
image/svg+xml
समाज

सिमानालाई लिएर झगडा हुँदा वृद्धको मृ’त्यु, २७ वर्षीय युवा पक्राउ

तस्बिर: एआई

सप्तरीमा जग्गाको सिमानालाई लिएर झगडा हुँदा एक वृद्धको मृत्यु भएको छ।

छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादमा धकेल्दा वृद्धको मृत्यु भएको हो।

शनिबार बिहान स्थानीय २७ वर्षीय रघुनन्दन राय र ७५ वर्षीय तेतर रायबीच जग्गाको सिमानाको विषयलाई लिएर विवाद भएको थियो।

सोही क्रममा रघुनन्दन रायले तेतर रायलाई धकेल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

मृतक तेतर राय यसअघि नै मुटुसम्बन्धी रोगबाट पीडित रहेको बताइएको छ। प्रहरीले घटनामा संलग्न रघुनन्दन रायलाई नियन्त्रणमा लिएको छ। 

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: ३१ आश्विन २०८३ १५:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App