सवारी दुर्घटनाको ‘हटस्पट’ मानिएको उदयपुरगढी गाउँपालिका ७ अँधेरी जोगिनी टोलमा सोमबार दिउँसो भएको दुर्घटनामा बृद्धको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत मुर्कुची–नेपालटार खण्डमा दुर्घटना भएको ट्रकले थिचेर स्थानीय ७४ वर्षीय टंकबहादुर लामिछाने मगरको मृत्यु भएको हो ।
प्रहरीका अनुसार उपभोग्य सामान बोकेर काठमाडौँबाट पूर्व सुनसरीतर्फ गईरहेको प्रदेश ३–०१–००६ ख ०५६१ नं. को बालबाहक ट्रक दिउँसो ४ः३० वजे अनियन्त्रित भई दुर्घटनामा परेको हो । सडक मुनि लडेर दुर्घटना भएको ट्रकले थिचेर बाख्रा चराउन गएका मगरको घट्नास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मृतक मगर रौतामाई गाउँपाालिका ७ मुर्कुची राजाबासका स्थायी बासिन्दा भएको बताइएको छ ।
दुर्घटनामा परि ट्रकका सहचालक दोलाखा जिल्लाको कालिन्चोक गाउँपालिका ४ का अन्दाजी ४० वर्षीय गोमे दर्जी दाहिने खुट्टामा चोट लागेर गम्भीर घाईते भएका छन् । उनलाई उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल गाईघाट ल्याइउको छ । चालक काभ्रे जिल्ला बनेपा नगरपालिका १४ का ५४ वर्षीय नवराज राउत भने सकुशल रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय र संगमचोकस्थित स्थानीय अस्थायी प्रहरी चौकीबाट गएको संयुक्त टोलीले घट्नास्थ्लको सर्जमिन मुचुल्का गरी मृतकको शव पोष्टर्माटमका लागि जिल्ला अस्पताल ल्याइएको छ । घट्नासम्बन्धी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी केदारमान दोङले बताएका छन् ।
प्रकाशित: १९ श्रावण २०८२ १९:४२ सोमबार





