८ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

बेँसीसहर-चामे सडकमा राति गाडी चलाउन नपाइने

बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

जिल्ला प्रशासन कार्यालयले आज साँझ ७ः०० बजेदेखि यही असोज १२ गते बिहान ६ः०० बजेसम्म उक्त खण्डमा राति गाडी नचलाउने निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार भारी वर्षाका कारण बाढीपहिरोको जोखिम बढ्नसक्ने भएकाले यस्तो निर्णय भएको हो। साथै, उनले विपद् पूर्वतयारीमा जिल्ला प्रशासन जुटेको बताए।

प्रकाशित: ८ आश्विन २०८३ ११:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App