१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सांकेतिक तस्बिर

ट्याक्टरले खेत जोत्नेक्रममा भएको दुर्घटनामा परी उदयपुरमा एक जनाको मृत्यु भएको छ । कटारी नगरपालिका ५ खाँडीखोपमा ट्याक्टर पल्टिँदा कटारी-५ शिसाघारी सानो अड्डाका ४४ वर्षीय भक्तबहादुर जोशीको निधन भएको हो ।  

एउटा गह्राको काम सकेर अर्को गह्रामा ट्याक्टर लैजानेक्रममा पल्टिएर जोशीलाई किचेको थियो । उनको घटनास्थलमै निधन भएको हो ।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलीले घट्नास्थलको सर्जमिन मुचुल्का गरी आवश्यक कानूनी प्रकृया पुरा गरी शव पोष्टमाटम गर्न प्रादेशिक अस्पताल लगिएको छ । 

प्रकाशित: १ मंसिर २०८२ १९:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App