१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

डाक्टर लौडारी सर्वोत्कृष्ट प्रदेश प्रहरीबाट पुरस्कृत

कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख डा. श्याम कृष्ण लौडारीलाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले वैशाख महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी छनोट गरी पुरस्कृत गरेको छ।

सीमित श्रोत र साधनका बिचमा पनि विभिन्न जिल्लामा पुगेर प्रहरी, पूर्व प्रहरी परिवार तथा सर्वसाधारण जनताहरूलाई स्वास्थ्य सेवा दिएको भन्दै अस्पताल प्रमुखलाई प्रदेश सर्वोत्कृष्ट छनोट गरी पुरस्कृत गरिएको हो।

डा. लौडारीको नेतृत्वमा प्रहरी स्वास्थ्यकर्मी टिम रुकुम पश्चिम, डोल्पा, सल्यान तथा राउटे समुदायमा पुगेर स्वास्थ्य शिविर गरेका थिए। ति जिल्लामा ३ सय १३ प्रहरी, १६ जना पूर्व प्रहरी तथा सर्वसाधारण र सुर्खेतको गुर्भाकोटमा रहेका ७७ जना राउटेहरुलाई स्वास्थ्य चेकजाँच गरेका थिए।

प्रहरी अस्पतालको टिमले स्वास्थ्य जाँचसँगै स्वास्थ्य सचेतना कक्षाहरु र विभिन्न सहयोगीसँगको समन्वयमा बिरामीहरूका लागि अस्पतालमा मेष तथा चमेना गृह निर्माण गरिएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी जयराज सापकोटले प्रदेशमै राम्रो कार्य गरेवापत प्रमाणपत्रसहित सर्वोत्कृष्ट प्रदेश प्रहरीको रुपमा डा.लौडारीलाई पुरस्कृत गरेका हुन्।

प्रकाशित: १० जेष्ठ २०८३ १८:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App