१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

बाढी प्रभावित क्षेत्रमा फोटो र भिडियो खिच्न नजानु : प्रहरी

गत बुधबार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, पूर्वी नवलपरासी लगायतका जिल्लाका नदी किनार आसपासका बस्तीमा जोखिम अब पनि कायमै रहेको नेपाल प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी उद्धार र राहतका काममा निरन्तर जुटिरहेका छन्। तर, अनावश्यक रूपमा प्रभावित क्षेत्रमा जाने, फोटो तथा भिडियो खिच्ने र आफ्ना सामान खोज्ने व्यक्तिका कारण उद्धारमा खटिएका टोलीलाई काम गर्न कठिन भइरहेको प्रहरीले बताएको छ।

एक भिडियो सन्देश जारी गर्दै प्रहरीले बाढीपछि नदी तथा बस्ती आसपासमा बेपत्ता भएका व्यक्तिका शव तथा मरेका पशु चौपाया फेला नपरेको अवस्थामा दुर्गन्ध र फोहोरका कारण स्वास्थ्य जोखिमसमेत बढ्न सक्ने जनाएको छ। यसबाट महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै प्रहरीले प्रभावित क्षेत्रमा थप सतर्कता अपनाउन आग्रह गरिएको हो। 

साथै, प्रहरीले अनावश्यक रूपमा बाढी प्रभावित क्षेत्रमा नजान, उद्धार तथा राहतको कामलाई सहज बनाउन सहयोग गर्न र सरकारी निकायले जारी गरेका निर्देशन पालना गर्न सबैलाई अनुरोध गरेको छ।

प्रकाशित: १३ भाद्र २०८३ १५:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App