३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

जिप्रका नवलपरासी आफ्नै भवनमा सर्‍यो

पश्चिम नवलपरासीको जिल्ला प्रशासन कार्यायलले बुधबारदेखि आफ्नै भवनबाट सेवा सुरु गरेको छ ।

 प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले पुरानो भवनलाई भत्काएर सोही ठाउँमा नयाँ भवन तयार गरिएको जानकारी दिए ।  

उद्योग वाणिज्य सङ्घ नवलपरासीको भवनबाट सेवा दिँदै आएको प्रशासन कार्यालय आफ्नै भवनमा सरेपछि सेवा प्रवाह पनि सहज बनेको प्रजिअ नेपालले बताए।   

विसं २०७९ चैतमा भवन निर्माणका लागि ठेक्का पाएको कम्पनीले २०८१ को पुस मसान्तसम्म काम सक्नुपर्ने थियो । तर विभिन्न कारणले ठेकेदारले काम सम्पन्न गर्न नसकेपछि चालु आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्णय भएपछि ठेकेदारले २०८२ चैत २६ गते औपचारिक रूपमा हस्तान्तरण गरेको प्रजिअ नेपालले बताए । 

सुविधासम्पन्न तीनतले भवन रु सात करोड ८७ लाख ९२ हजारको लागतमा निर्माण सम्पन्न भएको हो ।

प्रकाशित: २ वैशाख २०८३ १३:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App