४ मंसिर २०८३ शुक्रबार
image/svg+xml
समाज

धादिङ जिप दुर्घटना : ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

धादिङको रुबीभ्याली गाउँपालिका–४ मा बोलेरो जिप दुर्घटनामा परी घाइते भएका ६ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

लापाबाट बोराङतर्फ जाँदै गरेको बागमती प्रदेश ०२०३३ च ७१६९ नम्बरको बोलेरो जिप बिहीबार राति करिब १:५५ बजे उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा रुबीभ्याली गाउँपालिका– ४, बोराङकी ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा चालकसहित ९ जना घाइते भएका थिए।

प्रकाशित: ४ मंसिर २०८३ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App