२० भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका ११ जनाको विवरण सार्वजनिक गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक यादवका अनुसार हालसम्म चितवन ठेगाना भएका ११ जना बाढीमा हराएका जानकारी प्रहरीमा आएको छ।

हराइरहेकामा भरतपुर महानगरपालिका-५ तोरीखेतका ४० वर्षीय महेश नेपाली, भरतपुर-१६ फुर्तिचोकका ४० वर्षीय विकासबाबु अधिकारी, खैरहनी नगरपालिका-६ पर्साका ३१ वर्षीय रिकेशकुमार श्रेष्ठ, माडी नगरपालिका-६ कल्याणपुरका ७० वर्षीय कृष्णराज अर्याल, राप्ती नगरपालिका-८ खुर्खुरेका ५१ वर्षीय योगबहादुर खड्का, भरतपुर-२३ जगतपुरका ४१ वर्षीय केशवराज चलिसे, हाल भरतपुर-५ छमुखेचोक बस्दै आएका लमजुङको बेँसीसहर नगरपालिका-१ का २३ वर्षीय सुगम सिलुवाल, रत्ननगर-१२ सालघारीका १४ वर्षीय गेहित सुनार, रत्ननगर-२ का ४६ वर्षीय अर्जुनकान्त थपलिया, माडी-८ फकरेटाकी ३५ वर्षीया सुमित्रा भण्डारी थापा र भरतपुर-७ कृष्णपुरका ३६ वर्षीय विक्रम उपाध्याय रहेका छन्।

यो विवरण हालसम्म प्रहरीमा प्राप्त सूचनाका आधारमा तयार गरिएको उनले बताए।

प्रकाशित: २० भाद्र २०८३ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App