झापाको गौरीगंज गाउँपालिका–१ कुञ्जीबारी बजारमा बीउबिजनको व्यापार गर्न आएका शिवसताक्षी नगरपालिका–५ का ७२ वर्षीय सम्पतलाल राजवंशीको शनिबार मृत्यु भएको छ।
शनिबार दिउँसो अचानक चक्कर लागी बेहोस भएपछि उनलाई उपचारका लागि दमक अस्पताल दमक पठाइएको थियो।
उपचारका क्रममा साँझ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।
प्रकाशित: ७ मंसिर २०८२ ०६:५४ आइतबार





