१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : उद्धार तथा राहतका लागि सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल

भोटेकोशी बाढीबाट प्रभावित भएका नागरिकको उद्धार तथा राहतका लागि नेपाल निर्माण व्यवसायी महासङ्घले आफ्ना देशभरका सदस्यसँग सवारीसाधन माग गरेको छ।

महासङ्घका महासचिव शिवहरि घिमिरेले शनिबार परिपत्र जारी गर्दै बाढीपीडितको सहयोगार्थ मिनीट्रक, पिकअपलगायतका सवारीसाधन उपलब्ध गराउन सम्पूर्ण सदस्यलाई अपिल गरेका हुन्। विज्ञप्तिमा भोटेकोशीको बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अकल्पनीय मानवीय एवं भौतिक क्षति पुर्याएको उल्लेख छ। मुलुक अत्यन्त ठूलो पीडामा रहेको वर्तमान परिस्थितिमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नु साझा दायित्व भएको महासङ्घले जनाएको छ।

बाढीबाट अतिप्रभावित रसुवा, नुवाकोटलगायत जिल्लामा भौतिक पूर्वाधार विकास मन्त्रालयसँगको समन्वयमा तत्काल राहत सामग्री पुर्याउन र हजारौँ बाढीपीडितलाई उद्धार गरी सुरक्षित गन्तव्यतर्फ लैजान सवारीसाधनको आवश्यकता परेको महासङ्घले स्पष्ट पारेको छ।

उक्त मानवीय कार्यका लागि तत्काल पिकअप, मिनीट्रकजस्ता सवारीसाधन उपलब्ध गराइदिन सदस्यहरूलाई अनुरोध गरिएको छ।

प्रकाशित: १४ भाद्र २०८३ ०६:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App