१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

गुडिरहेको ट्याक्टरबाट खसेर सहचालकको निधन

दुर्घटना भएको ट्याक्टर ।

गुडिरहेको ट्याक्टरबाट खसेर सहचालकको निधन भएको छ । आईतबार बिहान ९ बजेको समयमा त्रियुगा नगरपालिका ५ गेरुवाई खोलानजिकै पिपलचौरीमा गुडिरहेको ट्याक्टरबाट खस्दा सोही ठाउँका ५८ वर्षीय दलशेर राईको निधन भएको हो ।  

पिपलचौरीबाट त्रिनपा ६ लालपत्तातर्फ जाँदै गरेको थ्रेसर मेसिन जडान गरेको स १ त ५४३५ नम्बरको ट्याक्टरबाट खसेर गम्भीर घाईते भएका राईको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा निधन भएको हो ।  

धान झाँट्ने मेसिन बोकेको ट्याक्टरका सहचालक रहेका राई लालपत्ता–दमौती खण्डको कच्ची सडकमा गुडिरहेकै अवस्थामा अचानक खसेर घाईते भएका थिए । तत्काल उद्धार गरि उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।  

ट्याक्टर चालक घट्नालगत्तै फरार रहेकाले खोजी कार्य भईरहेको छ । दुर्घटनामा संलग्न ट्याक्टर भने नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा राखिएको छ । घट्नाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताएका छन् ।  

प्रकाशित: २३ कार्तिक २०८२ १६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App