८ मंसिर २०८३ मंगलबार
image/svg+xml
समाज

मेलामा दुई पक्षबीच झडप, प्रहरीको हवाई फायर

बाँकेको बैजनाथ गाउँपालिका-१ चिसापानीमा दुई पक्षबीच भएको विवाद नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको छ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले दुई पक्षबीच भएको विवाद नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरिएको बताए।

स्थानीय चिसापानीमा लागेको मेलामा दुई पक्षबीच झडप भएको थियो। उनीहरूलाई छुट्याउन गएको प्रहरीमाथि आक्रमण भएपछि हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ।

घटनास्थलबाट प्रहरीले बैजनाथका मनोज सुनारलाई नियन्त्रणमा लिएको छ भने अन्यको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले बताए। उक्त घटनामा परी घाइते भएकाहरूको कोहलपुर अस्पतालमा उपचार हुँदै छ।

प्रकाशित: ८ मंसिर २०८३ १३:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App