१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

नक्कली प्रमाणपत्र देखाएर जागिर खाने बिनाकुमारीविरुद्ध अख्तियारको मुद्दा

नक्कली प्रमाणपत्र देखाएर जागिर खाने बिनाकुमारी राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।  

पाँचथरको हिलिहाङ गाउँपालिका-७ को जन भवानी माध्यमिक विद्यालयले सञ्चालन गरेको बालबिकास केन्द्रमा सहयोगी कार्यकर्ताको जागिर खाइरहेकी राईले प्रयोग गरेका कागजात नक्कली रहेको पाइएको अख्तियारले जनाएको छ ।  

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार उनले कक्षा ८ र एसएलसीको प्रमाणपत्र नक्कली ठहर भए पनि कारबाही अघि बढाउन मुद्दा दायर गरिएको हो ।  

उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ को उपदफा १ बमोजिम कारबाही हुनेछ।

प्रकाशित: ३ असार २०८३ १७:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App