२८ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

'चिलिमे उद्धारको काम सहज रूपमा अघि बढ्यो, आज साँझसम्म शुभ समाचार प्राप्त हुनसक्ने'

रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भइरहेको खोजी तथा उद्धार कार्य सहज रूपमा अघि बढेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेका अनुसार करिब ८० मिटरको दूरीभित्र ठूला–ठूला ढुंगा समेत रहेको पाइएको छ। हाल ती ढुंगा र लेदो धमाधम बाहिर निकाल्ने काम भइरहेको उनले बताए।

उनका अनुसार ढुंगा र लेदोका कारण बाटो बन्द भएकाले भित्रतर्फ केही खाली स्थान हुनसक्ने अनुमान गर्न सकिने अवस्था रहेको छ। यदि उद्धार तथा सफाइको काम सहज रूपमा अघि बढ्यो भने आज साँझसम्म शुभ समाचार प्राप्त हुनसक्ने आशा पनि गर्न सकिने न्यौपानेको भनाइ छ।

सबैको सकारात्मक आशा र प्रार्थना कायम राख्न आग्रह समेत उनले गरे।

प्रकाशित: २८ भाद्र २०८३ १३:४१ आइतबार