रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि भइरहेको खोजी तथा उद्धार कार्य पुनः सुचारु भएको छ। सुरुङमा जम्मा भएको लेदोमध्ये ७० मिटर पन्छाइएको छ।
चुनौतीका बीच उद्धार कार्य सफलतातर्फ अघि बढिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले जानकारी दिए।
न्यौपानेले ‘नाइट सिफ्ट’ निरन्तरताका लागि बिहान २ बजे बिग्रिएको ह्विल लोडर मर्मत गर्न मेकानिक्स टोलीसहित साइटतर्फ जाने क्रममा भोटेकोशी नदीको बढ्दो बहाव, वर्षा र पारिपट्टिको पहिरोका कारण बीचबाटै फर्किनुपरेको जानकारी दिए।
उनका अनुसार सुरुङभित्रको लेदो पन्छाउने काम ७० मिटरसम्म सम्पन्न भएको छ। केही समय रोकिएको काम पुनः सुचारु हुँदै गएको उनले बताए।
प्रकाशित: २८ भाद्र २०८३ ०७:४१ आइतबार





