तराई–मधेसको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठ विराटनगरमा पनि अस्ताउँदो सूर्यलाई अर्घ दिएर मनाइएको छ । अस्ताउँदो सूर्यलाई अर्घ दिन विराटनगरस्थित सुनसरी—मोरङ सिंचाईको नहर, सिंगिया खोला, केशलियाखोला र स्थानिय पोखरी तथा जलाशयहरूमा भक्तजनको भीड लागेको छ ।
छठका लागि घाटलाई आकर्षक बनाउन सरसफाइसँगै विद्युत् बत्ती, पण्डाल र अन्य सजावटका सामग्री राख्न राखिएको छ । विराटनगरका विभिन्न छठ घाटहरूमा सूर्यदेव र छठीमाताका मुर्तिहरू पनि बनाइएको छ । सूर्यदेव र छठी माताको उपासना गरिने छठ पर्व धार्मिक आस्था, शुद्धता, अनुशासन र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको पर्व हो । यो पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गर्ने परम्परा छ । परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै श्रद्धालुहरू छठको व्रत बस्ने गर्छन् । चार दिनसम्म मनाउने परम्परा छ ।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
प्रकाशित: २९ कार्तिक २०८३ १७:४४ आइतबार



-600x400.jpg)

-600x400.jpg)