२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

परीक्षा पास नगरेका व्यक्तिलाई लाइसेन्स दिएको आरोपमा मुद्धा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित तीन जनाविरुद्ध आरोपपत्र दायर गरेको छ। 

आयोगले कार्यालय अन्तर्गतको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) कास्कीका तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित तीन जनाविरुद्ध सरकारी सार्वजनिक अभिलेखमा झुटा विवरण प्रविष्ट गरी अनुमतिपत्र नपाएका व्यक्तिलाई प्रतिलिपि उपलब्ध गराएको आरोप लगाएको छ। 

अनुसन्धानबाट कार्यालयका तत्कालीन प्रशासन अधिकृत शंकर थापासहित तीन जनाले मिलेमतोमा अभिलेख सच्याएको देखिएको आयोगले जनाएको छ। उनीहरूले नियमविपरीत अभिलेखमा हेरफेर गरी अवैध रूपमा सेवाग्राहीलाई सवारी चालक अनुमतिपत्रको प्रतिलिपि उपलब्ध गराएको आरोप छ।

आयोगले उक्त कार्यलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र ११ अन्तर्गतको कसुर ठहर गर्दै सोही ऐनअनुसार सजायको मागदाबी गरेको छ। आरोपपत्रमा संलग्न व्यक्तिहरूविरुद्ध आवश्यक कारबाहीका लागि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ।

प्रकाशित: २७ चैत्र २०८२ १५:४५ शुक्रबार