२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

जेन जी आन्दोलनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

जेन-जी पुस्ताको आन्दोलनमा इटहरीमा मृत्यु भएकाको सम्झनामा आइतबार साँझ दीप प्रज्वलन गरिएको छ ।  

जेन-जीले चौरास्त चोकमा भेला भएर इटहरीमा मृत्यु भएका दुईसहित देशभरका शहीदको सम्झनामा दीप प्रज्वलन गरेका हुन् ।  

राष्ट्रिय झण्डासहित भेला भएका जेन-जीहरुले अब देशमा आफूहरुको योगदानले शान्ति र समृद्धि हुनुपर्ने कामना गरे ।  

उनीहरुले अब देशमा जेन-जीको आन्दोलनले ल्याएको परिवर्तनको मर्मलाई ध्यानमा राखेर राज्यका हरेक निकायले काम गर्न पनि सुल्झाउ ।  

इटहरीमा जेन-जी आन्दोलनका क्रममा इटहरी-१४ का ४० वर्षे मोहन सरदार र इनरुवा-६ घर भइ इटहरी आफन्तकोमा बस्दै आएका १६ वर्षे अभिषेक श्रेष्ठको मृत्यु भएको थियो ।  

मृतक दुवै जनाको आइतबार नै दाहसंस्कार भएको छ । मोहनको आइतबार अपरान्ह दाहसंस्कार भएको हो भने अभिषेकको साँझ दाहसंस्कार भएको हो ।  

दुवैको शव ल्याउन र दाहसंस्कार गर्न नागरिक समाज इटहरीले सहजीकरण गरेको थियो ।

प्रकाशित: २९ भाद्र २०८२ १९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App