२० श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

चितवन निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

फाइल तस्बिर।

निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि नहरबाट पानीको व्यवस्था गर्न थालिएको छ। गर्मी वढेसँगै चितवन राष्ट्रिय निकुञ्जमा पानीको अभाव भएपछि खगेरी नहरबाट पानी छोडिएको हो।

टिकौलीबाट देवनगरसम्मको नौ किलोमिटर नहरमा पानी छोडिएको हो। योसँगै निकुञ्ज तथा बरण्डाभार क्षेत्रमा रहेका पोखरीहरूमा पुनर्भल (रिचार्ज) का लागिसमेत पानी छोडिएको छ।

नारायणी लिफ्ट तथा खगेरी सिँचाइ आयोजनाका प्रमुख कुलप्रसाद चालिसेका अनुसार सो क्षेत्रमा रहेका झण्डै १२ वटाभन्दा बढी पोखरी पुनर्भलका लागि पानी छोडिएको छ।

अब निरन्तर सो क्षेत्रमा पानी छोडिने उनले बताए। गर्मी याम बढेसँगै निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका ताल तलैयाहरू सुक्ने हुँदा वन्यजन्तुका लागि पानीको अभाव हुने गरेको छ।

जसका कारण वन्यजन्तु बस्ती छिर्ने गर्दछन्। हरेक वर्ष गर्मी समयमा वन्यजन्तुका लागि पानी छोड्ने गरिन्छ। नहर मर्मत गरी पानी छोडिएको हो।

यस क्षेत्र गैंडा, चित्तल, बाघ भालुलगायतका वन्यजन्तुहरू र चराचुरुङ्गीको बासस्थान रहेको छ।

प्रकाशित: १० जेष्ठ २०८३ १४:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App