कपिलवस्तु शिवराज न.पा.१ चोरखोलामा काठमाडौंदेखि बर्दियातर्फ जाँदै गरेको बस ट्रकसँग ठक्कर खाँदा बस चालकको घटनास्थलमा मृत्यु भएको छ।
शुक्रबार बिहान ६ बजेतिर पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ६ ख ३३३३ न.को ट्रकले सोही दिशा तर्फ आउँदै गरेको लु २ ख २४७१ टिप्परलाई ओभरट्याग गर्ने क्रममा काठमाडौंदेखि बर्दिया तर्फ जाँदै गरेको लु.प्र.०३-००१ ख ००९९ न.को बससँग ट्रक ठोकिएको हो। दुर्घटनामा बस चालक जिल्ला बाँके खजुरा गा.पा.५ बस्ने वर्ष ३४ का सुमन खत्रीको घटना स्थलमा मृत्यु भएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिए।
दुर्घटनामा ११ जना घाइते भएका छन्। सल्यान सारदा न.पा.१५ बस्ने वर्ष ३५ की पार्वती बोहोरा, बाँके नेपालगंज उ.म.न.पा.२ बस्ने वर्ष १४ का सुसान्त, दाङ राप्ती गा.पा.३ बस्ने वर्ष ३४ का रिसमान थारु, बाँके गुलरी गा.पा.६ बस्ने वर्ष २१ का बिष्णु थारु, मुगु छयनाथ रारा न.पा.१२ बस्ने वर्ष १७ का अरुण बुढाथोकी, बाँके राप्तीसोनारी गा.पा.६ बस्ने वर्ष १९ का सागर थारु, वर्ष ३० की तिलकुमारी खत्री सामान्य घाइते भएका छन्।
यस्तै, दाङ तुलसीपुर उ.म.न.पा.९ बलुवा बस्ने वर्ष २१ की सम्झना चुदार, जाजरकोट छेडागार्ड गा.पा.११ बस्ने वर्ष ४१ का दिपेन्द्र गिरी, बाँके खजुरा गा.पा.२ बस्ने वर्ष ४० का कृष्ण ब.भण्डारी र बाँके कोहलपुर न.पा.११ बस्ने वर्ष ४५ का गगन चुनारा सामान्य घाइते भएका छन्।
ट्रक र चालक प्रहरी नियन्त्रणमा छन्।
प्रकाशित: १६ आश्विन २०८३ ०९:१५ शुक्रबार


-600x400.jpg)


