२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

रामेछाप बस दुर्घटना : मृतक संख्या ११ पुग्यो, चालकसहित ८ घाइते

रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटनामा मृतक संख्या ११ पुगेको छ। दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका रामेछापका प्रहरी निरीक्षक राजन तिमिल्सिले जानकारी दिए।  

काठमाडौंबाट ओखलढुङ्गा जाँदै गरेको अरनिको यातायातको प्रदेश ०१–०१–००५ ख ९९७५ नम्बरको बस रामेछाप मन्थली नगरपालिका–६ मसानटारस्थित सडकबाट करिब ५० मिटर तल तामाकोशी नदीमा खसेको हो।

नदीमा डुबेको बसबाट यात्रुको उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल लगिएको छ। मृतकको सनाखत हुन सकेको छैन।

प्रकाशित: २७ माघ २०८२ १५:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App