२६ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

बुद्ध पनि सुकुम्बासीको लाममा!

सामयिकी

नागरिक दैनिकको संवाद यो। चित्ताकर्षक समाचारका अंश। खबर कागजकै प्रसंग। भाव सम्प्रेषणका सिपशैली। संवेदनशीलताका अभिव्यञ्जना, आधुनिकताका उत्कृष्टता। युगबोधि वृक्षका हराभरा बौद्धिक चिन्तन चेतनात्मक परिमाजर्न। पाठक मनोकांक्षामय शिष्ट अभिव्यञ्जना! क्या मज्जा आहा!

सजीव बुद्ध त राजदरबारको स्वर्ण गद्दी आसनै परित्यक्ता। मात्र राजकूल घरान सुखसैलमय चयनमा रहेर के हुनु? जनता दुःख वेदनामय आहतमा छन्। राहत पुर्‍याउन नसके शासन सिंहासनको के अर्थ? वेदनाबाट विमोचन गर्न जीवनका सरल तरस पक्ष समाधान राज्यव्यवस्थाका कुर्वान! बुद्धका चिरनूतन चिन्तन! मार्मिक ध्यान ! मान नमान, अन्तरपरिधान। आत्मसात नगरी नहुने अन्तर ज्ञान। जीवनका ज्यान!

बुद्ध बोधि ज्ञान प्राप्त गर्नुअघि गौतम थिए। गौतम शब्दार्थ गहन! गहनमा गहनतम अझै। जति बुझ्यो उत्ति गहिरो। गहिरो महिमा गायनको चुरो। अभ्यास गर्दागर्दै खुल्दो रहेछ बृहत्तर ज्ञान। बृहत्तर ज्ञान आयामिक बन्छन्। सुरुमा आयाम त्रिकोणात्मक थिए, अहिले बहुआयामिक। आयामको फैलावट अनन्त। कतिकति, क्या मस्ति! पाटीपौवा सुखाभुवन! सुखाभुवन भूतलमा होइन। आफ्नै मनभित्र अन्तरध्यानमा पौडिरहेका हुन्छन्। बुद्ध न सुकुम हुन्, न त हुकुमबासी नै। राजदरबार सुनौलो गद्दी हुकुमबास नै परित्यक्त ती सुकमबासी कसरी बन्लान् ? अन्तरआलाप, मनगढन्ते अन्तरआलाप!

लाग्छ मनमा, कतै बौद्धगुम्बा नितान्त एकलास निर्जन स्थलमै बन्ने। बुद्धलाई वैभव–कोलाहलमय वातावरण मन नपर्ने। गुम्बा निर्माण यत्रतत्र एकान्त पहाड, कुनाकाप्चामा बने बनाइएका स्वानुभूति आर्जेको छु। सोलुखुम्बु जिल्ला सगरमाथाका चुचुरो विश्वविख्यात पर्वतीय हिमचुलीमय स्थान! पवित्रमा चोखो! चोखामा नि महापवित्र! पवित्रताका प्रयाग! गौतमको बुद्धत्वको सिद्धचेतका चेतन चिन्तन दिव्यज्योति ! ज्योति चिरन्तन। चिरन्तन सदाबहार। सदा उज्ज्वल सौर्य दीप। बल्छ जहाँ–जसमा सधैंभरि देदिव्यमान। अमर ज्योति मानस चिन्तन चेत! प्राणमय चिन्तन जीवित ज्यान ! सबका ज्यान!

‘बुद्धले पनि बास नपाएको सुकुम्बासी बस्ती’ शीर्षक खबर पढ्दा ‘बुद्ध पनि सुकुम्बासीको लाममा’ हरफले मच्चाएको उद्वेगका भावनात्मक चेतन जलविन्दु छर्कने जमर्किएँ! ॐ शान्ति! जय नेपाल!

बौद्ध गुम्बा मात्र एकलास नदी किनार बचाएको भए एकान्त नदी किनारको शोभा तीर्थस्थलीय महिमा बढ्ने थियो। दुई तिहाइ बहुमत हाराहारी सरकारको विवेकशील घन्टी गुम्बा परिसरमा अनुरणित रहने थियो।

प्रकाशित: २६ वैशाख २०८३ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App