३ वैशाख २०८३ बिहीबार
image/svg+xml
समाज

दाजुभाईले लिए आमाको नामबाट नागरिकता

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट एकाघरका दुई दाजुभाइले आमाको नामबाट नागरिकता लिएका छन् ।  

चालु आर्थिक वर्ष २०८२।८३ मा पहिलो पटक आमाको नामबाट नागरिकता दिइएको कार्यालयको नागरिकता फाँटमा कार्यरत नायव सुब्बा दुर्गा पौडेल भट्टराईले जानकारी दिए।

सरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनका मेरमान राई र देउकुमार राईले आमा भोटेनी राईका नामबाट नागरिकता लिएका प्रशासन कार्यालयले जनाएको छ ।  

याम्फुदिनका पूर्व वडाध्यक्ष टसी लामाले बाबु पत्ता नभएका एकाघरका दाजुभाइले लामो प्रयास पछि आमाको नामबाट नागरिकता लिएको बताएका छन्।

जल्ला प्रशासन कार्यालयका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी यादव भट्टराईका अनुसार चालु आवमा आमाको नामबाट नागरिकता जारी भएको यो पहिलो हो । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली नागरिकतालाई संशोधन गर्न बनेको विधेयक २०६३’ प्रमाणीकरण गरेसँगै आमाको नामबाट पनि वंशजको नागरिकता लिन सहज हुन थालेको हो । सो भन्दा अघि बाबुको नामबाट मात्रै वंशजको नागरिकता दिइँदै आएको थियो ।  

नागरिकता ऐनको दफा २ को उपदफा ५(क) मा ‘नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको व्यक्तिको बाबु सम्पर्कविहीन भई बाबुको पहिचान हुन नसकेको वा त्यस्तो व्यक्तिको जन्म दर्ता वा शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य कुनै प्रमाणमा बाबुको नाम उल्लेख भएता पनि बाबुको नाम खुलाउन नसकेको खण्डमा निजका आमाले स्वघोषणा गरेमा त्यस्तो व्यक्तिको बाबुको पहिचान हुन नसकेको मानिनेछ र निजलाई उपदफा ५ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गरिने भन्ने व्यवस्था रहेको छ ।

प्रकाशित: २५ चैत्र २०८२ १३:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App