१७ श्रावण २०८३ आइतबार
image/svg+xml
समाज

पोखराको रातोपैह्रा क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम भेटियो

पोखरामा फोहोर फाल्ने ठाउँमा बम भेटिएको छ । पोखराका विभिन्न क्षेत्रबाट संकलन गरिएका फोहोर फाल्ने ठाउँ पोखरा–२१ मा बम फेला परेको हो ।

बिहीबार विहान फोहोरको गाडीले झारेको फोहोरमा कवाडी सामान खोज्ने क्रममा रिमा शेर्पाले ३ वटा ग्रिनेट बम भेट्टाएकी थिईन् । लगत्तै प्रहरीलाई खबर गरेपछि अहिले प्रहरीले सो क्षेत्र नियन्त्रणमा लिएको छ ।

पोखरा–१७ रातोपैह्रा, पर्वतीय संग्रहालयलगायतका क्षेत्रबाट संकलन गरिएको फोहोरमा बम भेटिएको पोखरा–२१ की कार्यवाहक वडाध्यक्ष विमला केसीले जानकारी दिईन् । उनका अनुसार पोखरा महानगरपालिकाको फोहोर बोक्ने गाडी ग.१ख.५४३७ नम्बरको गाडीले बोकेको फोहोरमा बम भेटिएको हो । 

उनले भनिन्,‘रातोपैह्रा वरपरबाट ल्याएको सो गाडीको फोहोरमा कवाडी खोज्दै गर्दा शेर्पा बहिनीले बम भेटेकी रहिछन् ।’ बोरामा भएकाले गाडीमा कसैले नदेखेको बम फोहोर फाल्ने ठाउँमा लगेर खन्याएपछि मात्रै देखिएको हुनसक्ने उनको भनाई छ । फोहोर बोरामा भएकाले त्यहाँ के छ भन्ने कसैलाई थाहा नै भएन,उनले थपिन्,‘खोलेर कवाडी खोज्दा पो बम भेटिएको रहेछ ।’

बम भेट्टाएपछि शेर्पाले ओल्टाईपल्टाई हेर्दै गरेको अवस्थामा सोहि ठाउँमा कार्यरत एस्काभेटर चालकले राख्न लगाएका थिए । लगत्तै गएको वडा प्रहरी कार्यालय बैदामको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो । अहिले बम डिस्पोजल टोलीले बम निस्कृय पार्ने प्रयास गरिरहेको छ ।

प्रकाशित: २१ जेष्ठ २०८३ १५:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App