सिरहाबाट १ हजार १०२ किलो भन्दा बढी प्रतिबन्धित लागू औषध गाँजासहित एउटा बोलेरो गाडी र मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरीले सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर १० विश्वकर्माचोकको गागन खोलापुलबाट गएराति करिब १ बजे ठूलो परिमाणमा गाँजा बोकेको बोलेरो गाडी र त्यसलाई पछ्याइ रहेको मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
सशस्त्र प्रहरीको नम्बर ७ गण हेडक्वार्टर सिरहा सुरक्षा बेस अन्तर्गतको गोलबजार र सुरक्षा बेस सुखीपुरबाट खटिएको संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो र स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले २६ वटा बोरामा प्याक गरिएको १ हजार १०२ किलो ६ सय ५५ ग्राम गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको गस्ती टोलिलाई देखेर लागू औषध कारोबारी एव गाडी चालक फरार भएका छन् । प्रहरीले फरार चालकहरूको खोजी गरिरहेको जनाएको छ।
बरामद गाँजा, बोलेरो र मोटरसाइकल आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी सिरहाले जनाएको छ । घटनाबारे थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १५ आश्विन २०८३ १४:२८ बिहीबार





