८ आश्विन २०८३ बिहीबार
image/svg+xml
समाज

भारी वर्षाको जोखिमपछि वीरेन्द्रनगरका विद्यालयमा बिदा

अत्यधिक वर्षा र सम्भावित प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै वीरेन्द्रनगर नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन बिदा दिएको छ।

वीरेन्द्रनगर नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आइतबार सूचना जारी गर्दै असोज ९ गते नगर क्षेत्रका सबै विद्यालयको पठनपाठन बन्द रहने जनाएको हो।

जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा सम्बन्धित निकायबाट प्राप्त मौसमसम्बन्धी प्रारम्भिक अनुमानका आधारमा अत्यधिक वर्षा हुने र त्यसबाट जोखिम बढ्न सक्ने सम्भावना देखिएकाले बिदा दिने निर्णय गरिएको सूचनामा उल्लेख छ।

नगरपालिकाले शिक्षा तथा खेलकुद मन्त्रालयको असोज ७ गतेको सूचनाअनुसार विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाएको छ।  

साथै विद्यालयहरूलाई सम्भावित विपद्को पूर्वतयारी, समन्वय तथा आवश्यक सहजीकरणमा समेत सक्रिय रहन आग्रह गरिएको छ।

प्रकाशित: ८ आश्विन २०८३ १६:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App