१४ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

भोटेकोशी बाढीः त्रिवि शिक्षण अस्पतालमा ५९ शव ल्याइयो

भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएकामध्ये ५९ जनाको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ। 

अस्पतालका प्रवक्ता डा गोपाल सेढाईँले बाढीमा परेर ज्यान गएकामध्ये ५९ जनाको शव शिक्षण अस्पतालमा ल्याइएको बताए। 

अस्पतालमा ल्याइएका ती शवमध्ये ३२ जनाको शवपरीक्षण भइसकेको र २७ जनाको शवपरीक्षण गर्न बाँकी रहेको प्रवक्ता डा सेढाईँले बताए। 

अस्पतालमा ल्याएका शवमध्ये आठ जनाको मात्र पहिचान भएको र बाँकी शव पहिचान हुन बाँकी रहेको अस्पतालले जनाएको छ।   

प्रकाशित: १४ भाद्र २०८३ १३:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App