१२ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : नेपाल र चीनमा ४९४ जनाको मृत्यु, एक हजार ५३५ बेपत्ता

भोटेकोशी बाढी तथा पहिरोमा नेपाल र चीनतर्फ गरी कम्तीमा ४९४ जनाको मृत्यु भएको छ। नेपालतर्फ ४८९ जनाको शव फेला परेको छ भने चीनको सिजाङतर्फ पाँच जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

चीनको गाइरोङ काउन्टीस्थित सीमा बन्दरगाहमा पहिरोपछि ५५८ जना अझै बेपत्ता छन्। नेपालमा पनि ५१७ विदेशीसहित ९७७ जना अझै सम्पर्कविहीन रहेको अधिकारीहरूले बताएका छन्। चिनियाँ सञ्चारमाध्यमका अनुसार चीनतर्फ बेपत्ता ५५८ जनामध्ये २६० जना विदेशी नागरिक हुन्।

नेपालमा सम्पर्कविहीन ९७७ र चीनमा बेपत्ता ५५८ गरी कुल एक हजार ५३५ जना प्रभावितको अवस्था अझै अज्ञात रहेको छ।

लगातारको वर्षा, नदी थुनिएर बनेको ताल र थप पहिरोको जोखिमका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

प्रकाशित: १२ भाद्र २०८३ १४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App