२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : एक हजार ३८५ श*व फेला, पाँच हजार १३० जना अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३८५ जनाको शव फेला परेको छ। यस्तै, पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार शुक्रबार बिहान ११ बजेसम्म चितवनबाट ३६४, नवलपरासी पूर्वमा २२८, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ जनाको शव फेला परेको हो। जसमध्ये हालसम्म १०४ वटा शवको सनाखत भएका छन्।

यस्तै, बाढीपछि हालसम्म १३ हजार ६७६ जनाको उद्धार गरिएको छ। यस्तै, उद्धार गरिएकाहरूलाई ३७ वटा होल्डिङ सेन्टरमा राखिएको छ। होल्डिङ सेन्टरमा नुवाकोटमा दुई हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जना रहेका छन्।

बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारको लागि २१ हजार २२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ।  जसमा नेपाली सेना ८ हजार ८४४, नेपाल प्रहरी ७ हजार ९७५ र सशस्त्र प्रहरी बल ४ हजार २०३ संलग्न छन्।

यस्तै, विभिन्न १९ वटा अस्पतालमार्फत ३३७ जनाको उपचार भइरहेको छ भने २६१ जना डिस्चार्ज भइसकेका छन्।

प्रकाशित: २६ भाद्र २०८३ १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App