२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

भाटभटेनीले भन्यो : तपाईंहरूको साथले हामी अझ मजबूत भएर फेरि उभिन्छौं

मंगलबार भएको युवा आन्दोलनका क्रममा देशका विभिन्न शाखामा भएको आगजनी र लुटपाटपछि भाटभटेनी सुपरमार्केटले पुनर्निर्माणको प्रतिबद्धता जनाएको छ।

सुपरमार्केटले सामाजिक सञ्जालमा भनेको छ, ‘हाम्रो परिवारले भोगेको विनाश अत्यन्त ठूलो भए पनि फेरि उठ्ने हाम्रो संकल्प अझ बलियो छ। तपाईंहरूको समर्थन हाम्रो सबैभन्दा ठूलो शक्ति हो। हरेक शब्द, हरेक सानो सहयोगले हामीलाई अगाडि बढ्ने प्रेरणा दिएको छ। भाटभटेनी फेरि उभिनेछ। तपाईंहरूको साथमा, हामी उज्यालो भविष्यतर्फ अझ मजबुत भएर अघि बढ्नेछौं।’

भाटभटेनीले थप भनेको छ, ‘आज हाम्रो पसल ध्वस्त भए पनि, तपाईंहरूको साथले हामी अझ बलियो महसुस गरिरहेका छौं। हजारौँ सहयोगी हातहरूले सफा गर्न मद्दत गरिरहेका छन्, आँसु पुछिरहेका छन्, र हामीलाई फेरि उठ्न शक्ति दिइरहेका छन्।’

प्रकाशित: २६ भाद्र २०८२ २१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App