बेनी—जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
चीनबाट आयातित सामान बोकेका ती कन्टेनर पोखरा, काठमाडौंलगायत सहरी भेगमा प्रस्थान गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार बेनी—जोमसोम अवरुद्ध सडक खुलेसंगै कोरलानाकाबाट पैठारी गरिएका मालवस्तु बोकेका कन्टेनरहरु मुस्ताङबाट बाहिरिन थालेका छन्।
उनका अनुसार सडक अवरुद्धका कारण दुई सातादेखि मुस्ताङमा फसेका कन्टेनरहरु मध्ये असोज २४ र २५ गते गरी दुई दिनमनप्रहरी निरीक्षक बस्यालका अनुसार असोज २३ गते साँझ बेनी—जोमसोम सडक मर्मतपछि सूचारु भएसंगै पहिलो दिन ८५ वटा मालवस्तु कन्टेनर मुस्ताङबाट बाहिरिएको हो।
असोज २४ गते सडक खुलेको दोस्रो दिन मुस्ताङबाट ८८ वटा मालवस्तु कन्टेनर बेनीतर्फ बाहिरिएको प्रहरी निरीक्षक बस्यालको भनाई छ।
म्याग्दी र मुस्ताङको सिमाना थासाङ—४ घाँसा स्थित प्रहरी चौकीका अनुसार सडक खुलेको दुई दिनमा ३९१ वटा विभिन्न सवारी साधन मुस्ताङबाट बाहिरिएका छन्। आज मुस्ताङबाट ५० भन्दा बढी सवारी साधन बाहिरिएका छन्।
यसैबीच, मुस्ताङमा उत्पादित स्याउ बजार पठाउन थालिएको चिम्ले स्याउ फार्मका सञ्चालक कर्म गुरुङले जानकारी दिए।
प्रकाशित: २५ आश्विन २०८३ १२:३३ आइतबार





