५ आश्विन २०८३ सोमबार
image/svg+xml
समाज

बनेपा नगरपालिकाको सेवा–प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट

बनेपा नगरपालिकाको सेवा-प्रवाह आजदेखि बहुप्राविधिक शिक्षालयबाट सुरु भएको छ।

‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड एवं आगजनीबाट क्षति भएको नगरपालिका भवन पुनःनिर्माण नहुने भएपछि आजदेखि नेपाल बनेपा बहुप्राविधिक शिक्षालयबाट सेवा सञ्चालन गरिएको हो।  

नगरले आजदेखि नियमित सेवाप्रवाह शिक्षालयको प्रशासनिक भवनबाट सुरु भएको प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले जानकारी दिइन्। जेनजी आन्दोलनका क्रममा कार्यालयमा करिब रु १० करोड बराबरको क्षति भएको नगर कार्यालयले गरेको प्राविधिक मूल्याङ्कनमा उल्लेख छ। उक्त आन्दोलनमा जिल्लाका १३ स्थानीय तहमध्ये बढी बनेपा नगर कार्यालयमा क्षति पुर्याइएको थियो।  

यसअघि पुलबजारस्थित-१० नं वडा कार्यालयबाट नगर कार्यालय सञ्चालन गरिएको थियो। गत असार ३२ गते नगरको १८औँ नगरसभाको निर्णय बमोजिम शिक्षालयको प्रशासनिक भवनबाट सेवा प्रवाह गरिने बताए।

नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले शिक्षालयको नियमित शैक्षिक गतिविधिमा कुनै अवरोध नपुर्याइ नगरको प्रशासनिक कार्यालय सञ्चालन गरिने स्पष्ट पारे।

प्रकाशित: ५ आश्विन २०८३ १३:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App