२९ असार २०८३ सोमबार
image/svg+xml
समाज

माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक

यहाँस्थित माडी नगरपालिकाले नगरपालिकाभित्र प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक लगाएको छ।

नगरपालिकाले एक सूचना जारी गर्दै प्लाष्टिकबाट तयार पारिएका कप, गिलास, प्लेट, काँटा र अन्य प्लाष्टिक जन्य सामग्री बिक्रीमा रोक लगाएको हो।

कार्यकारी अधिकृत जगतप्रसाद भुसालले नगरभित्र बिक्रीका लागि प्लाष्टिकजन्य सामग्री व्यवस्थापन गर्न दिएको समय सकिएकाले यसपछिको बिक्रीमा रोक लगाएको जानकारी दिए।

नगरप्रमुख ताराकुमारी काजी महतोले नगवासीलाई प्लाष्टिकका सामग्रीको विकल्पमा सालका पातबाट तयार पारिएका वस्तुको प्रयोग गर्न आग्रह गरेकी छन्।

प्रकाशित: २५ जेष्ठ २०८३ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App