१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्री माथि बालेनको तिखो प्रहार, भने – ‘तँ आतंकवादी होस्’

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘आतंकवादी’ को संज्ञा दिएका छन्।

सोमबार मध्यराति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै प्रमुख शाहले ओलीमाथि अत्यन्तै तिखो र व्यक्तिगत आक्षेप लगाएका हुन्।

बानेश्वर प्रदर्शनको घटनाप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेपछि त्यसको प्रतिक्रियामा शाहको यस्तो स्टाटस आएको हो। ओलीको वक्तव्य आएको केहीबेरमै शाहले आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक गरेका हुन्।

प्रमुख शाहले ओलीका सन्तान नभएको विषयलाई जोड्दै अरूका सन्तानको मृत्युको पीडा बुझ्न नसक्ने तर्क गरेका छन्। उनले आफ्नो फेसबुकमा लेखेका छन्, “साँच्चै नै कहिले बा हुन पाएको भए पो छोराछोरीको मृत्युको पीडा बुझ्थिस्। तेरो भरौटेहरूको पो बा भइस्।”

आफ्नो स्टाटसमा शाहले ओलीलाई  आतंकवादी को संज्ञा दिएका छन्। उनले लेखेका छन्, “यस्तो आतंकवाद यो विश्वले कहिल्यै देखेको थिएन। तँ नेता त के मान्छे पनि बन्न सकिनस्, आतंकवादी होस्।”

प्रकाशित: २४ भाद्र २०८२ ००:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App