२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

टिचिङमा २८ शव पोस्टमार्टम, ७ शरीर चिन्न नसकिने अवस्थामा

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण (पोस्टमार्टम) सकिएको छ।

अस्पतालमा जेनजी प्रदर्शनमा ज्यान गुमाएकाहरूको हाल शवपरीक्षण कार्य भइरहेको छ।

हालसम्म ४६ शवपरीक्षणका लागि अस्पताल ल्याइएको फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीले जानकारी दिए। उनका अनुसार २३ शव आफन्तले बुझेर लगिसकेका छन् भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेको छ।

जसका लागि डिएनए परीक्षण आवश्यक हुन्छ। शव चिन्न नसक्ने अवस्थामा भने दाँत परीक्षण, फिङ्गरप्रिन्टबाट शवपरीक्षण गरिन्छ।

डा. चौधरीले भने, ‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन्। पोस्टमार्टमका लागि पत्र आएकाको शवपरीक्षण गरिरहेका छौँ।’

अस्पतालमा हाल २२ जना उपचाररत छन्।

प्रकाशित: ३० भाद्र २०८२ १५:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App