१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

संसद भवनमा आगजनी र तोडफोड

भ्रष्टाचारविरुद्ध जारी  ‘जेन जी’ को प्रदर्शनले उग्र रूप लिएको छ। काठमाडौंको नयाँ बानेश्वरमा प्रहरीले चलाएको गोली लागेर दुई जना प्रदर्शनकारीको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो।

सोमबार बिहान शान्तिपूर्ण रूपमा सुरु भएको प्रदर्शन दिउँसो निषेधित क्षेत्र तोडेपछि हिंसात्मक बनेको थियो। प्रदर्शनकारीहरूले निषेधाज्ञा तोडेर संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो। जसमा गोली चल्दा दुई जनाको ज्यान गएको हो।

दुई जनाको मृत्युको खबर फैलिएसँगै आक्रोशित प्रदर्शनकारीहरूले नयाँ बानेश्वर क्षेत्रका विभिन्न स्थानमा आगजनी गरेका छन्। उनीहरूले संसद भवनको मुख्य गेटमा आगो लगाउनुका साथै भवनका पर्खालहरू समेत भत्काइदिएका छन्। हाल बानेश्वर क्षेत्र पूर्ण रूपमा तनावग्रस्त छ।

यसैबीच, आन्दोलनको आह्वानकर्ता ‘जेन जी’ समूहले आफ्नो शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको दाबी गरेको छ। उनीहरूले एक विज्ञप्ति जारी गर्दै आन्दोलनले हिंसात्मक मोड लिएकाले आफ्ना समर्थकहरूलाई सुरक्षित रूपमा घर फर्कन अपिल गरेका छन्।

उक्त घटनामा घाइते भएकाहरूको उपचार भइरहेको सिभिल अस्पताल स्रोतका अनुसार कम्तीमा दुई जनाको मृत्यु पुष्टि भएको छ।

घाइतेहरूको चापले अस्पतालमा स्रोत-साधनको अभाव हुन थालेको र पानी तथा खाद्यान्नको समेत आवश्यकता परेको चिकित्सकहरूले बताएका छन्।

प्रकाशित: २३ भाद्र २०८२ १४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App