२१ भाद्र २०८३ आइतबार
image/svg+xml
समाज

बाढीले बगाएको पुल जोड्न तादी नदीमा सेनाका ५५ प्राविधिक

बाढीले पुल बगाएपछि आवागमन ठप्प बनेको नुवाकोटको देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले ६० मिटर लामो बेलीब्रिज निर्माण गरिरहेको छ।

विदुर नगरपालिका-५, देवीघाटमा निर्माण भइरहेको उक्त बेलीब्रिजको चौडाइ ५.५ मिटर र भारवहन क्षमता ५० टन रहनेछ।

नेपाली सेनाले आइतबार दिउँसो विज्ञप्ति जारी गर्दै पुल निर्माण कार्यका लागि इन्जिनियरिङ फौजबाट ५५ जनाको विशेष टोली कार्यक्षेत्रमा खटिएर काम गरिरहेको जानकारी दिएको छ।

गत भदौ १० गते रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले देवीघाटस्थित पक्की पुल बगाएको थियो। पुल बगेसँगै अवरुद्ध बनेको सडक सञ्जाल पुनः जोड्न सेनाले द्रुत गतिमा बेलीब्रिज निर्माण अघि बढाएको हो।

प्रकाशित: २१ भाद्र २०८३ १५:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App