कालिकाेटकाे खाँडाचक्र नगरपालिका -२ मेयर खाेलानजिकै एम्बुलेन्स दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनालाई थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ।
घाइते हिमा गाउँपालिकाका लाेकेन्द शाही र अक्कल अधिकारीलाई थप उपचारको लागि सुर्खेत रेफर गरिएको जिल्ला अस्पताल कालीकाेटका डाक्टर दर्शन पाण्डेले जानकारी दिए।
जुम्लाको हिमा गाउँपालिका देखि सुर्खेत जाँदै गरेको हिमा गाउँपालिकाको क.प्र.०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको मेयर खोला नजिकै बुधबार साझ दुर्घटनामा परेको थियो।
दुई जनाएको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा हिमा गाउँपालिकाका एम्बुलेन्स चालक वर्ष २६ का शक्ति शाही र साेही पालिकाका वर्ष ३२ का भिमराज अधिकारीकाे रहेको प्रहरी प्रमुख नायब उपरीक्षक हिमबहादुर खत्रीले जानकारी दिए।
विरामी लिएर सुर्खेत जादैगर्दा एम्बुलेन्स दुर्घटनामा परेको प्रहरी जनाएको छ।
एम्बुलेन्समा चालक सहित ४ जना सवार थिए। घाइते दुईजनाको जिल्ला अस्पताल कालीकाेटमा उपचारपछि थप उपचारका लागि सुर्खेत लगिएको छ।
प्रकाशित: २६ चैत्र २०८२ ०८:४५ बिहीबार




