२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

पाथीभरा क्षेत्रको हुलदंगाका प्रतिवादी तीनै जनाले पाए सफाइ

गत वर्ष माघ १२ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा सुरक्षाकर्मी माथि आक्रमण गरी हुलदंगा गरेको भन्ने कसुरका प्रतिवादीलाई ताप्लेजुङ जिल्ला अदालतले सफाइ दिएको छ ।  

जिल्ला न्यायाधीश विकास श्रेष्ठको इजलासले २०८१ साल माघ २३ गते ताप्लेजुङ जिल्ला अदालतमा दर्ता भएको मुद्दाको सुनुवाइ गर्दै कसुरका तीन आरोपितलाई सफाई दिने फैसला गरेको जिल्ला अदालतमा श्रेष्तेदार शम्मिकपुर शाहले जानकारी दिए ।  

घटना २०८१ माघ १० गतेको हो । प्रदीप मादेन (नानी), लक्ष्मण भनिने लक्षुमन लिम्बू र चन्द्रसागर लिम्बू प्रतिवादी रहेको मुद्दाको सुनुवाइ गर्दै अदालतले हुलदंगाको वारदात भएको देखिएपनि सो वारदात उल्लेखित प्रतिवादीहरुले के कसरी घटाएको हो ? निजहरु प्रत्येकको साथबाट के कस्तो हातहतियार बरामद भएको हो भन्ने तथ्य पुष्टि हुन आएको भन्दै सफाइ सुनाएको हो । पाथीभरा(मुक्कुमलुङ) केवलकारको विषयलाई लिएर हुलदंगा भएको थियो ।  

 

प्रकाशित: ३ मंसिर २०८२ १८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App